नियम ४२
श्रम सम्बन्ध समितिको गठन
: (१) प्रत्येक चियाबगानमा व्यवस्थापक र कामदारहरुको बराबर प्रतिनिधित्व हुने गरी एउटा सम्बन्ध समितिको गठन हुनेछ ।
(२) उपनियम (१) बमोजिम गठन हुने श्रम सम्बन्ध समितिमा चियाबगानको कूल कामदार संख्याको आधारमा घटीमा चार जना र बढीमा वीसजना सम्म सदस्यहरु रहन सक्नेछन् ।
(३) श्रम सम्बन्ध समितिमा व्यवस्थापक र कामदारहरुको तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको मनोनयन प्रक्रिया नियम ४३ र ४४ मा उल्लेख भए बमोजिम हुनेछ ।
(४) यस नियम बमोजिम श्रम सम्बन्ध समितिको गठन भएपछि सो को सूचना व्यवस्थापकले तुरुन्त सम्बन्धित श्रम कार्यालयलाई दिनु पर्नेछ ।